विराटनगर– भौतिक पुर्वाधार बिकास, स्वास्थ्य मन्त्री माननीय भुपेन्द्र राईले जिल्ला अस्पताल खोटाङलाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गरी आइतबार उद्घाटन गरेका छन् ।  

स्वास्थ्यमन्त्री राईले २०८१ फागुन २० गते मन्त्रीस्तरीय निर्णय गरी जिल्ला अस्पताल खोटाङलाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । मन्त्री राईले कोशि प्रदेश मन्त्रिपरिषद्को २०८२ जेष्ठ १२ गतेको बैठकमा उक्त अस्पताल स्तरोन्नति गर्ने गरेको प्रस्ताव पारित गरेको थियो ।

मन्त्री राईले उक्त निर्णय कार्यान्वयन गर्दै जिल्ला अस्पताल खोटाङमा ५० श्रय्याको सेवा शुभारम्भ गरेका हुन् ।