११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

विवाहमा नाच्दै गर्दा करेन्ट लागेर दुई वृद्धाको मृत्यु

३१ वैशाख २०८२, बुधबार

विराटनगर– मोरङको रतुवामाई–३ मिर्चा डाँगी टोलमा करेन्ट लागेर दुई महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन्।

मंगललाल सिंहका छोरा निरजकुमार सिंहको विवाह समारोहका क्रममा मंगलबार राति नाचगान भइरहेको बेला ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार विवाहमा माइक जडान गर्न हरियो बाँस प्रयोग गरिएको थियो, जुन हाइटेन्सन लाइन नजिकै गाडिएको थियो। राति करिब ८ बजेतिर आएको हावाहुरीका कारण बाँस ढलेर विद्युत् लाइनमा ठोक्किँदा करेन्ट सर्ने घटना भएको हो।

उक्त दुर्घटनामा ३० वर्षीया राधाकुमारी सिंह पनि घाइते भएकी छन्। उनी सामान्य उपचारपछि नगर अस्पताल झुर्कियाबाट घर फर्किएकी छन्।

गम्भीर घाइते अवस्थामा रहेका रामुदेवी र सुर्यदेवीलाई उपचारका लागि तत्काल रंगेली अस्पताल पु¥याइएको थियो, तर चिकित्सकहरूले दुवैलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#रतुवामाई

प्रकाशित : ३१ वैशाख २०८२, बुधबार 09:55
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved