विराटनगर- हलेसी बजारका अग्नि पीडितका सहयोगका लागि खोटाङ उद्योग वाणिज्य संघले ५१ हजार र खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले ४० हजार नगद नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नगरपालिकाको विपद् कोषमा जम्मा गरी एकद्वार प्रणालीबाट  राहत उपलब्ध गराउने नीति अनुरुप नगरपालिकालाई  राहत बुझाइएको संघले जनाएको छ ।

जनप्रतिनिधि एवं निजामती कर्मचारीको दुई दिनको सेवा सुविधा, शिक्षकको एक दिनको र करारका कर्मचारीको एक दिनको तलब कट्टा हुने गरी अग्नि पीडितका लागि नगरपालिकाको विपद् कोषमा जम्मा गर्ने निर्णय पनि गरिएको छ ।