विराटनगर– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रा सहित भारतीय नागरिक मुम्बईको मालाड वेष्टका ३६ वर्षीय राहुल चतुर्वेदीलाई  प्रहरीले पक्राउ गरेको छ ।

श्रीएयरको उडानबाट काठमाडौँ उडन लागेका चतुर्वेदीको साथबाट ९ लाख २४ हजार सात ७ सय भारु, एक हजार यूएस डलर र ९ सय ६० संयुक्त अरब इमिरेट्स दिर्हाम बरामद भएको प्रहरीले जनाएको छ । बरामद विदेशी मुद्रासहित चतुर्वेदीलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।