विराटनगर– नक्कली सुन देखाएर ठगेको  आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भक्तपुर थिमी नगरपालिका बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे–६ का ६२ वर्षीय धनजित तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे–४ धार्पाका ४८ वर्षीय दल बहादुर तामाङ छन् । 

एक महिनादेखि भक्तपुरका विभिन्न स्थानहरूमा नक्कली सुन देखाएर र ठग्ने  गिरोह देखिएको सूचना प्राप्त हुनासाथ  खटिएको प्रहरीले उक्त कार्यमा संलग्नहरूलाई काठमाडौं कागेश्वरी मनोहरा–६ मुलपानीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १ किलोग्राम बराबरको बिस्कुट आकारको पहेंलो धातु १  र पिलास १ समेत बरामद गरेको छ ।  प्रहरी वृत्त बौद्धले यस बारेमा थप अनुसन्धान र कारबाही गरिरहेको छ ।