विराटनगर– बिरामी परे पछि अस्पताल पुर्याइएकी अछामकी एक १२ वर्षीया बालिकाको स्वास्थ्य परीक्षण पछि पेटमा गर्भ रहेको थाहा पाए पछि अभिभावक स्तब्ध भए । नानीबाट सबै कुरा बुझे पछि परिवारले प्रहरीलाई गुहार्यो ।
बालिकासँग ४/५ महिना अगाडि बलात्कार भएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार बालिकाको पेट फुल्दै गएपछि उपचारका लागि परिवारले अस्पताल लगेका थियो । प्रहरीका अनुसार बलात्कार भएको बेला बालिका सहितका परिवार भारतमै बस्थे ।
उनीहरू ४/ ५ महिनाअघिमात्र नेपाल फर्किएकाले बालिकामाथि भारतमै आफन्तले बलात्कार गरेको भनेर परिवारले प्रहरीमा जाहेरी दिएका छन् । घटनास्थल भारतमा भएकाले आरोपितलाई पक्राउ गर्न भारत प्रहरीसँग समन्वयन भइरहेको जनाइएको छ । बालिकालाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले भनेको छ ।