विराटनगर– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारको नेतृत्वकर्ता भएको आरोप लगाएका छन्। प्रधानमन्त्री लगायत उच्च राजनीतिक नेताहरू भ्रष्टाचार जोगाउन लागिपरेको भन्दै उनले गणतन्त्र दिवस मनाउने मुख्य समारोह समितिको बैठकमा भाग लिन अस्वीकृति जनाएका छन्।
सोमबार फेसबुकमार्फत मेयर शाहले लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्छ, त्यहाँ देशका सबै पार्टीहरूले मिलेर भ्रष्टाचारीलाई बचाउने काम गर्छन् भने त्यसको नेतृत्वकर्ता कार्यक्रममा म किन जानुपर्यो? सरी केपी ओली, म तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्न सक्दिन।’
प्रधानमन्त्री ओलीले भने मेयर शाहले कार्यक्रमहरूमा पटक–पटक अनुपस्थित रहँदा आगामी कार्यक्रममा उनलाई बोलाउन नहुने र ‘मूल समारोह समिति’को नाम नराख्न गृह मन्त्रालय र सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीको यो निर्णयपछि मेयर शाहले यस्तो कडा प्रतिक्रिया दिएका हुन्, भन्ने उनी निकट स्रोतहरूले जनाएका छन्।
सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठकमा प्रधानमन्त्री ओलीले आगामी कार्यक्रमहरूमा नाम नराख्न र बोलाउन नदिन निर्देशन जारी गरेका थिए।
#ओली# भ्रष्टाचार#को #नेतृत्वकर्ता