विराटनगर– विना फाउन्डेशनले विराटनगरमा बिहीबारदेखि पहिलो पटक ‘कोशी विचार उत्सव’को आयोजना गर्दै छ । उत्सवमा फाल्गुन १५, १६ र १७ गतेसम्म चल्ने फाउन्डेशन अध्यक्ष वरुण झाले बताएका छन् । 

खुल्ला संवाद र सहकार्य प्रवद्र्धनका लागि विरानगरस्थित हिमालय रोडमा विचार उत्सवको आयोजना गर्न लागेको उनले बताए । यसमा सरकारको नीति, संस्कृति, व्यवसाय व्यवस्थापन, शिक्षा, स्वास्थ्य र वातावरणलगायतको विषयमा केन्द्रित रहेर विचारहरुको खुल्ला वहस र सामूहिक समाधानका उपायहरुको खोजी गरिने झाको भनाइ थियो । 

सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रको विकासमा योगदान गर्नका लागि १६ वटा सेशनमा छलफल गर्नुका साथै साँझको समयमा मनोरञ्जनको क्षेत्रमार्फत कला संस्कृति क्षेत्रमा योगदान गर्न राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने झाले बताए ।