विराटनगर– रुपन्देहीको मायादेवी गाउँपालिका–२ का २९ वर्षीय राकेशसिंह लोधलाई शनिबार घरभित्रै हत्या गरिएको प्रहरीले जनाएको छ । स्थानीयले घटनास्थलमा बिहान ठूलो आवाज सुनिएको जानकारी गराएकाले लोधको गोली हानेर हत्या भएको प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएका लोधको टाउकोमा पनि गंभीर चोट छ । घरायसी विवाद रहेको र घटना पछि मृतकको दाजु फरार रहेकोले खोजी भइरहेको प्रहरीले बताएको छ । उनी घरमा एक्लै बस्ने गरेको प्रहरीले जनाएको छ ।