विराटनगर- स्थानीय सचेत नभए सम्म लागूऔषध दुर्व्यसन र यौनजन्य अपराध नियन्त्रण सम्भव छैन । भनिन्छ, ‘म बिग्रे परिवार बिग्रन्छ, परिवार बिग्रे समाज बिग्रन्छ, समाज बिग्रे पुरै देश बिग्रन्छ, त्यसैले पहिले ‘म सुध्रन जरुरी छ… शुरुवात ‘म’ बाट, परिवर्तन हामीबाट——‘

मोरङको लेटाङका नागरिकले यो कुरा बुझेर लागूऔषध दुर्व्यसन  र यौनजन्य अपराधका विरुद्धमा सचेतना मुलक र्याली निकालेका छन् । हरेक घरबाट यसमा सहभागिताले कुलत विरुद्ध बिगुल फुकेको देखिन्छ । सचेत नागरिक समुहले लेटाङ-४ गंगेचौकबाट शनिबार थालेको सामाजिक विकृति विरुद्धको र्यालीमा बाक्लो सहभागिताले पनि ‘बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ,’ सन्देश दिएको छ ।