विराटनगर– ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले विपद् प्रभावितलाई घर बनाउन का लागि प्रति परिवार ६० हजार रुपैयाँ उपलब्ध गराउने बताएको छ ।
विपद्का घटनाबाट अत्यावश्यक दैनिक उपभोग्य सामग्री समेत गुमाएका परिवारका एकसरो आपतकालीन सामान समेत दिने उसले भएको छ । आगलागीबाट घर गुमाएका पालिकाको वडा नं २ थेचम्बुका युवराज तामाङलाई घर निर्माणका लागि ६० हजार रुपैयाँ बराबरको कर्कटपाता उपलब्ध गराउने पालिकाले घोषणा गरेको छ ।
आपतकालिन राहत लिएर पुगेका पालिका अध्यक्ष केशरकुमार सुब्बाले पालिकाकोतर्फबाट आफूहरूले तत्काल कर्कटपाता उपलब्ध गराउने जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युत सर्ट भइ आगलागी हुँदा तामाङको ढुंगा, माटो, बाँस र चित्राले बनेको घर जल्दा करिब २ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।