विराटनगर– उदयपुर र झापाको छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले जाँच गर्ने क्रममा चौदण्डीगढी नगरपालिका–७ का १९ वर्षीय सागर बिश्वकर्मा, २१ वर्षीय सन्जोक राई र २१ वर्षीय निशान मगरलाई ट्रामाडोल १ सय २०, स्पास्पेन १ सय ट्याब्लेटसहित पक्राउ गरेको छ ।
झापाको अस्थायी प्रहरी पोष्ट ताराबारीबाट गस्तिमा खटिएको प्रहरी टोलिले मोरङ उर्लाबारी नगरपालिका–७ का २१ वर्षीय बिजय शर्मा, २० वर्षीय पुजन गिरी र १८ वर्षीय सुजन सिवालाई ट्रामाडोल ७३ ट्याब्लेट, स्पास्पेन ८० ट्याब्लेटसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–१ का २९ वर्षीय प्रन्नयन तामाङलाई १ ग्राम २ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरी सबैको अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।