विराटनगर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडा, मेक्सिको र चीनको उत्पादनमा आजदेखि कर लगाएका छन् ।
यी तीनवटै मुलुकहरू अमेरिकाका ठूला व्यापार साझेदार हुन् । मंगलबारदेखि उनीहरूका उत्पादनमा अमेरिकामा पहिलेभन्दा बढी आयात शुल्क लगाइएको छ ।
मेक्सिको र क्यानडाबाट आयातित सामानमा २५ प्रतिशत भन्सार (आयात शुल्क) र चीनमा थप १० प्रतिशत कर लगाइने छ । ट्रम्पले सोमबार ह्वाइट हाउसमा शुल्क निर्धारणको लागि सबै तयारी पूरा भएकाले मंगलबारदेखि लागु हुने बताएका थिए ।
चीनले अमेरिकाको यो कदमको विरोध गर्दै बढेको कर तत्काल फिर्ता लिन माग गरेको छ ।bचीनको वाणिज्य मन्त्रालयले मंगलबार अमेरिकाले घातक औषधि फेन्टानिलमाथिको आफ्नो घरेलु समस्यालाई शुल्क लगाउने बहानाको रूपमा प्रयोग गरिरहेको आरोप लगाएको छ ।कर लगाउने खबरले अमेरिकी सेयर बजारमा द्रुत गिरावट आएको छ ।