विराटनगर– भा।तबाट ल्याएको विभिन्न सामानसहित ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिइ राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ । 

भारतबाट यूपी८७ ९१८१ नम्बरको ट्रकमा ल्याएको इलेट्रिक, कस्मेटिक, मेडिकल, फूडलगायतका ४५ लाख मूल्य बराबरको सामान एकिकृत भन्सार जाँच चौकीबाट जाँचपास भई विराटनगरतर्फ आइरहेको अवस्थामा प्रहरीले ट्रक चालक भारतका ३५ वर्षीय अस्लमसहित नियन्त्रणमा लिएर इटहरी अनुसन्धानका लागि पठाइएको जिल्ला प्रहरी मोरङले जनाएको छ । 

प्रहरीले भन्सार जाँचपास भइसकेको सामानलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय इटहरी अनुसन्धानका लागि पठाएर अनावश्यक दुःख दिन खोजेको मोरङका व्यवसायीहरुको भनाइ छ । प्रहरीलाई अबैध रकम नदिएकाले जबर्जस्ती ट्रक नियन्त्रणमा लिएर दुःख दिन खोजेको उनीहरुको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवत्तःा डिएसपी वेदप्रकाश जोशीले ट्रकमा भन्सार छलीको सामान रहेको गोप्य सूचनाका आधार नियन्त्रणमा लिइ अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाइएको बताएका छन् ।