काठमाडौं– कूटनीतिज्ञ कमल कोइरालाको आइतबार बेलुका सिनामंगलस्थित केएमसी अस्पतालमा ८७ वर्षको उमेरमा निधन भएको छ । केही दिनअघि पक्षघात भएर कोइरालालाई अस्पताल भर्ना गरिएको थियो ।
उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका उनी एक मात्र कम्युनिष्ट थिए ।
उनले कोरियाका लागि नेपाली राजदूतका रूपमा तीन वर्षे कार्यकाल सम्हालेका थिए । उनको निधनमा सोमबार बिहान ११ बजे आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली सभा राखिएको छ ।