विराटनगर– काठमाडौँको कोटेश्वर महादेव मन्दिर नजिकैको सार्वजनिक जग्गामा ऐतिहासिक ढुंगेधारा फेला परेको छ । उक्त स्थानमा महानगरले स्वर्णिम योजनाअन्तर्गत भवन बनाउन लागेको थियो । शिलान्यासका लागि खाल्डो समेत खनिसकिएको उक्त भवन निर्माणका लागि महानगरले चालू आर्थिक वर्षमा एक करोड ३८ लाख बजेट विनियोजनसमेत गरेको छ । तर, एक महिनाअघि सम्पदाप्रेमीहरूले उक्त शिलान्यास कार्य रोकेर पुरातत्व विभागको ध्यानाकर्षण गराएपछि उत्खनन गर्दा हिटी (ढुंगेधारा) भेटिएको हो ।