विराटनगर– त्रिभुवन विश्वविद्यालयले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसकाे क्याम्पस प्रमुखमा उपप्राध्यापक रामअशिस यादव नियुक्त भएका छन् । यादवलाई विश्वविद्यालयले निमित क्याम्पस प्रमुखकाे जिम्मेवारी दिएकाे हाे ।

तत्कालिन क्याम्पस प्रमुख सहप्रध्यापक राजिवकुमार मिश्रकाे पदावधि माघ २८ गते समाप्त भएदेखि क्याम्पस प्रमुख पद रिक्त रहेकाे थियाे ।

निमित क्याम्पस प्रमुखकाे जिम्मेवारी प्राप्त गरेका यादवले बुधबार पदभार ग्रहण गरेका हुन् । यादवले पदभार ग्रहण गरेपछि क्याम्पसकाे शैक्षिक वातावरण सुधार गर्दै पठान पाठन नियमित गराउने प्रतिबद्धता जनाए ।