विराटनगर– चार नाबालिकासँग यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक ओजेश भगतलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका डीएसपी बेदप्रसाद जोशीले पीडित पक्ष, प्रत्यक्षदर्शी बालबालिका र शिक्षकहरुसँगको सोधपुछ पछि भगतलाई नियन्त्रणमा लिइएको बताए ।
उनी माथि कक्षा १ का दुई र कक्षा २ का दुई नाबालिकासँग यौनजन्य व्यवहार गरेको आरोप लागेको उनले बताए ‘पीडित बालिकाहरु, विद्यालय व्यवस्थापन पक्ष, अभिभावक र प्रत्यक्षदर्शी विद्यार्थीसँगको छलफल पछि आरोपीलाई थुनामा राखेर आवश्यक कानूनी प्रक्रिया अघि बढाएका छौँ,’ डीएसपी जोशीले भने,‘बयान र थप अनुसन्धान पछि बाँकी तथ्य खुल्छ ।’ धेरै दिनदेखि नाबालिकाहरु पीडित हुँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।