विराटनगर- पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने खैरहनी नगरपालिका घर भएका रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार रत्ननगर–७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटेल पछाडि महतोलाई शनिबार हात्तीले आक्रमण गरेको थियो ।
जंगली हात्ती गोविन्देको आक्रमणमा महतोको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने ११ पुगेका छन्।