उदयपुर– त्रियुगा नगरपालिका–८ मा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । प्र–१–०५–००१प ८३५९ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ६५ वर्षीया टिका माया कार्कीलाई ठक्कर दिदा घाइते भएइन् ।

कार्कीको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।  ठक्कर दिने मोटरसाईकल चालक रौतामाई गाउँपालिका–७ का २२ वर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुन्धान गरिरहेको छ ।