विराटनगर– ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँके बैजनाथ गाउँपालिका–८ पिपिरीका २५ वर्षीय निम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार विकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेका थिए । बालिकाले परिवारजनलाई जानकारी गराए पछि परेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले यस अगाडि गाउँका अन्य बालिकासँग पनि यौन दुव्र्यवहार गरेको सूचनाको आधारमा यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।