काठमाडौं – आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा संलग्न भएको आरोपमा सर्लाही धनकौल गाउँपालिका–२ निवासी र हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–२ लोकन्थली बसोबास गर्ने सुदिप कुमार साह गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उजुरी अनुसार गुप्ताले योजनाबद्ध रूपमा धाकधम्की दिँदै अपहरणको डर देखाएर ५० लाख रुपैयाँ माग गरेका थिए । यस आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो । गुप्तालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।