काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा स्पस्ट धारणा राखेका छन् । उनलाई बर्खास्त गरेको विषयमा जवाफ दिइरहनु आवश्यक नभएको ओलीको बुझाइ छ ।
विपक्षी दलहरूले घिसिङको बर्खास्तीको विरोध गर्दै संसदमा अवरोध सिर्जना गरेको थियो । यसपछि प्रधानमन्त्रीबाट प्रतिक्रिया आएको हो ।
माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले संसदमा टिप्पणी गर्दै सरकारको निर्णय फिर्ता लिन र प्रधानमन्त्रीबाट जवाफ मागेका थिए । विपक्षीको विरोधका बाबजुद प्रधानमन्त्री ओलीले संसदमा प्रतिक्रिया नदिने बताए ।
युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जब एउटा कर्मचारीलाई हटाइएको छ भने केहि मानिसहरूले त्यस्तो निर्णयको विरोध गर्न सक्छन् तर प्रधानमन्त्रीले जवाफ दिइसक्यो । 'एउटा हटायो, अर्को नियुक्ति गर्यो, सकियो । उनले थपे,‘यस्तो अवस्थामा जवाफ दिनु हाम्रो काम होइन ।’ यसैबीच संसद बिहीबारसम्म स्थगित भएको छ । अब यस विषयमा थप विवादको माहोल बनिरहेको छ ।