काठमाडौं– त्रिभुवन विश्वविद्यालय (टियु) केन्द्रीय क्याम्पसमा सोमबार भएको निर्वाचनमा स्ववियु सभापतिमा नेविसंघका दीपराज जोशी निर्वाचित भएका छन् । उनले अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवारलाई पराजित गरेका हुन् ।
नेविसंघका केन्द्रीय अध्यक्ष डुजान शेर्पाका अनुसार जोशीले प्रतिस्पर्धीलाई ८ मतले पराजित गरेका थिए । जोशीले ७८९ मत ल्याउँदा अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ र अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत प्राप्त गरे । निर्वाचतमा ३ हजार १ सय १८ मत खसेको थियो।
सभापतिबाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मत कुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भएको टियु प्रशासनले जानकारी दिएको छ ।