विराटनगर– विश्वमा शान्ति स्थापना लक्ष्यका लागि सैनिक पठाउने सूचीमा नेपाल अग्रणी स्थानमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार महिला र पुरुष शान्ति सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल निरन्तर अगाडि छ ।

हाल ११ वटा मिसनमा ६ सय ४२ महिला सहित ५ हजार ९ सय १३ जना शान्ति सैनिकको तैनाथी छ । संयुक्त राष्ट्रसंघको छातामुनि रहेर विश्व शान्ति र स्थायित्वको लागि सुरुदेखि हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनहरूमा १ लाख ५४ हजार ३ सय ४० जना नेपाली शान्ति सैनिकहरू खटाइसकिएको छ । यो दायित्वको क्रममा ७३ जना वीर सपूत सैनिकहरूले मृत्यु भएको छ । ६९ सैनिकहरू घाइते भइ कठिनाइका साथ जीवनयापन गरिरहेको सेनाले जनाएको छ ।