काठमाडौँ– जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुई भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा रे दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास थियो । पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड र दोस्रोको ५.५ म्याग्निच्युड थियो ।
भूकम्पबाट पुगेको क्षतिबारे जानकारी आइसकेको छैन । डोल्पा, रुकुमलगायत जिल्लामा पनि धक्का महसुस गरिएको छ । दोस्रो पटकको भूकम्पले धेरै हल्लाउँदा नागरिक त्रसित भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भनेका छन् ।