विराटनगर- भागदौडमा शनिबार राति नयाँदिल्लीको रेल्वे स्टेशनमा १८ यात्रीको मृत्यु भएको छ।
बीबीसीको अनुसार दुईटा ट्रेन तय समयभन्दा ढिला गरी स्टेशन आए पछि ठूलो भीड जम्मा भएर दौडादौड हुँदा दूर्घटना भएको हो ।
यो दूर्घटनामा धेरै घाइते भएकाले हताहतीको संख्या बढ्ने अनुमान छ । स्थानीय प्रहरीका अनुसार दुई ट्रेन ढिला हुँदा ठूलो संख्यामा यात्रुहरू स्टेसनमा जम्मा भएका थिए। केही गलत सूचना फैलियो कि भन्ने आकलन पनि छ। यसबारेमा अनुसन्धान भइरहेको उसले भनेको छ ।