काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरीले नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । बिहीबार कुवेतसँगको खेलमा ३१ रन बनाउँदै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै खेलमा शून्य रनमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाएका छन् ।

ऐरीले ७६ टी–२० अन्तर्राष्ट्रिय खेलमा ६६ खेलमा शून्य रनमा आउट (डकआउट) नभएको रेकर्ड कायम गरेका छन् । यसले उनले वेस्ट इन्डिजका चर्चित खेलाडी मार्लोन सामुअल्सको ६५ खेलको रेकर्डलाई तोडेका छन् । सामुअल्सले ६७ खेल खेलेका थिए जसमा ६५ खेलमा शून्यमा आउट भएका थिएनन् । 

नेपालको क्रिकेटमा ऐरीको यो उपलब्धि एक महत्वपूर्ण माइलस्टोन हो । यसले न केवल ऐरीको क्यारियरमा गौरव थपेको छ । साथै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ बढी पहिचान दिलाउनेछ ।