विराटनगर– धरान–६, पानबारीस्थित पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी धनकुटाकी चुनकुमारी बुढाथोकीको हत्या आरोपमा देवर, देवरानी र नन्दसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
प्रहरीले उनीहरुलाई झापा र मोरङको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने अर्का एक व्यक्तिको प्रहरीले परिचय खुलाएको छैन । घटनामा अन्यको समेत संलग्नता रहेको आशंकामा अनुसन्धान जारी राखेको प्रहरीको भनाइ छ ।

गत सोमबार दिउँसो चुनकुमारी उक्त वनमा मृत फेला परेकी थिइन् । धनकुटाको महालक्ष्मी नगरपालिका १ माइती भएकी उनको घाँटी र शरीरका अन्य भागमा चोट थियो । श्रीमान वैदेशिक रोजगारीमा रहेकाले उनी छोरालाई लिएर इटहरीमा बस्दै आएकी थिइन् । उनलाई फकाएर जंगलमा लगी हत्या गरिएको प्रहरीको दाबी छ ।