विराटनगर– आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

साथै देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात पनि हुनसक्ने महाशाखाले जनाएको छ । आइतबार राति कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहने उल्लेख गरिएको छ ।

कोशी प्रदेश, मधेश प्रदेश तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।