विराटनगर– नेपाल औषधी व्यवसायी संघ मोरङले प्रकाशन गरेको भित्तेपात्रो राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनले बुधबार लोकार्पण गरेका छन् । संघले आयोजना गरेको एक कार्यक्रमकाबीच पुनलगायतका व्यक्तिहरुले लोकार्पण गरेका हुन् ।
कार्यक्रममा औषधी व्यवसायी महासंघका पूर्व अध्यक्षका साथै कोशी प्रदेश अध्यक्षलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका मोरङ अध्यक्ष देशबन्धु ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुनलाई सम्मान गरेको थियो ।