विराटनगर– बिराटनगर महानगरपालिका–३ टिफरको ठक्करले बिहीबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको हो । सुन्दरहरैँचा नगरपालिका–१२ का ५० वर्षीय शुशिल बजगाइँको मृत्यु भएको हो ।
को१क ९५३ नम्बरको टिफरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश१–०१–०२–०४८प ३७८१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा घाईते स्कुटर चालक सुन्दरहरैंचा–१२ का २० वर्षीय पृतम बजगाइँ र स्कुटरको पछाडि सवार ५० वर्षीय शुशिललाई तत्काल उपचारको लागि बिराट टिचिङ्ग अस्पताल लगिएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकले शुशिललाई मृत घोषणा गरेका थिए । पृहतमको उपचार भइरहेको र टिफर चालक कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कुलदिप चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी मोरङबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।