विराटनगर- कैलालीमा डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई शनिबार बलात्कार भएको खुलासा भएको छ।  

 जबरजस्तीकरणीमा संलग्नमध्ये दुई जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले भनेको छ । प्रहरीका अनुसार  बर्दगोरिया–३ का ४४ वर्षीय गोपाल विक र एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको छ ।

प्रहरीकाअनुुसार स्थानीय विद्यालयमा कक्षा ४ मा  पढ्ने उनलाई  विकले मासु पकाएर ल्याइदिनू भन्दै दिएका थिए । मासुु पकाएर उनको पसलमा पुगेका बेला  कोठामा लगेर दुवैले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे पीडित पक्षले आइतबार साँझ मात्र प्रहरीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय बौनियाको टोलीले दुवैलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार  धनगढीमा विद्यालयबाट फर्किरहेको बेला १४ वर्षीयालाई एक युवकले जबरजस्तीकरणी गरेको उजुरी प्रहरीमा परेको थियो । ती युवक अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।