विराटनगर – गायक कुमा सागरको मातृभाषाको लवजलाई आधार बनाइ अश्लील तरिकाले व्यङ्ग्य गरिएको भन्दै चार जनाविरुद्ध किटानी जाहेरी दिए पनि पक्राउ नगरिएकोमा काठमाडौँको भद्रकालीस्थित प्र्रहरी परिसरको भवन अगाडि बिहीबार नेवा सम्पदा संरक्षण महाअभियानले प्रदर्शन गरेको छ । 

नेवार समुदायका १५ जनाले सोमबार कुमा सागरको गाएन शैलीमा आउने मात्रीभाषाको लवजलाई अश्लीतासँग जोडेर गिज्याएको भन्दै कमेडियनहरू सजन श्रेष्ठ, सुजन जिम्बा र उत्सव सापकोटासहित कार्यक्रम प्रस्तोता सुशान्त प्रधानविरुद्ध उक्त परिसरमा निवेदन दिएका थिए । किटानी जाहेरी दिएको ४८ घण्टा बितिसक्दा पनि उनीहरूलाई पक्राउ नगरिएकोमा आक्रोश पोख्दै परिसरको भवन अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘हाम्रो मात्री भाषाको अपमान सहँदैनौँ’ भन्दै आन्दोनमा उत्रिएका छन् । प्रदर्शनकारीले चारै जनाको तस्बिर राखेर ब्यानर बनाइ उनीहरूमा‍थि कारवाहीको माग गरेका छन् ।