विराटनगर-  अमेरिकी सेनाले आफ्नो संगठनमा तेस्रोलिंगी (ट्रान्सजेन्डर) व्यक्तिलाई सामेल नगर्ने भएको छ ।

 उसले सामाजिक सञ्जाल एक्समार्फत यो आदेश तत्काल लागु भएको जनाएको छ 'अब तेस्रोलिंगीलाई अमेरिकी सेनामा सामेल हुन अनुमति दिइने छैन,' उसले भनेको छ,'सेनामा  रहेकाहरूका लागि लिंग परिवर्तन प्रक्रियाहरू पनि बन्द हुनेछ ।'

दोस्रोपटक अमेरिकाका राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्प तेस्रोलिंगीप्रति कठोर दृष्टिकोण राख्छन् । 

राष्ट्रपतिमा नियुक्त भएलगत्तै अमेरिकामा दुई लिंग (महिला र पुरुष)मात्र अस्तित्वमा रहने अडान राखेका थिए । राष्ट्रपतिको पदभार ग्रहण गर्नबित्तिकै उनले जन्मको समयमा लिंगको आधारमा लिंग पहिचान सीमित गर्ने आदेश दिएका थिए । 

ट्रम्पको आदेशविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । तेस्रोलिंगीहरूविरुद्ध भेदभाव र संवैधानिक अधिकारको हनन भएको मुद्दामा उल्लेख छ ।