विराटनगर– अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित सहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनको झोलाबाट १२ हजार ७ सय ४८ अमेरिकी डलर, २ सय ४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियाली रूपिया, १ सय मलेसियाली रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ , सिम कार्ड २८  र मेमोरी कार्ड १ सय २२ वटा प्रहरीले बरामद गरेको छ ।

उनी बाटिक एयरको उडानद्वारा काठमाडौँबाट मलेसिया जान लागेकी थिइन् । केन्द्रीय प्रहरीका अनुसार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा ति मुद्रा बरामद भएको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।