विराटनगर– अमेरिकाले तत्कालका लागि मिलेनियम  च्यालेन्ज एकाउन्ट (एमसीए) सहयोग रोकेको छ । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीए कार्यान्वयनबारे सम्झौता भएको थियो ।

सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । निकै विवादका बिच नेपालको संसद्ले व्याख्यात्मक घोषणासहित एमसीए पारित भएर कार्यान्वयन हुँदै आएको थियो ।