विराटनगर– सशस्त्र प्रहरी बल (एपीएफ)मा कार्यरत निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतको शंकास्पद मृत्युबारे प्रहरीमा जाहेरी परेको छ ।
पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा शनिबार राति महत झुन्डिएको भेटिएकी थिइन् । जुझारु स्वभावकी उनी प्रहरी जवान र असई हुँदै इन्स्पेक्टर भएकी थिइन् ।
उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा एक बरिष्ठ पुरुष निरीक्षक विरुद्ध पीडितका परिवारले कास्की प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । ती आरोपी निरीक्षक तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत छन् ।
ती इन्स्पेक्टरले सन्तोषीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । प्रहरीका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए । सन्तोषीको शव पोस्टमार्टमको लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पु¥याइएको छ । घटनाको अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरेको छ ।