विराटनगर- सशस्त्र प्रहरी बल (एपीएफ) की इन्स्पेक्टर सन्तोषी महतको मृत्युको अनुसन्धानका लागि सहकर्मी इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरिएको छ ।
आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भए पछि जोशीलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी कार्यालयले जनाएको छ ।
पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा शनिबार राति इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनीभन्दा सिनियर इन्स्पेक्टर जोशीविरुद्ध पीडितका परिवारले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए ।
घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरेको थियो ।
सिन्धुपाल्चोककी महत शौचालयको बलोमा डोरीमा झुण्डिएको फेला परेकी हुन् । सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन् । उनले यसैवर्ष इन्स्पेक्टरमा नाम निकालेकी थिइन् ।