विराटनगर- इण्डोनेसियाको सुलावेशी आइल्याण्डको किनारमा बुधबार ६.१ रेक्टरको भूकम्प महसुस गरिएको 
यूनाइटेड स्टेट जियोलॉजिकल सर्वे (युएसजीएस)ले जनाएको छ ‌। अहिले सम्म हताहतीको कुनै पनि घटना सार्वजनिक भएको छैन । यूएसजीएसको अनुसार भूइँचालोको केंद्र सुलावेसी प्रांतको नजिक १० किलोमीटर गहिराइमा थियो ।

इण्डोनेसिया  'रिंग ऑफ फायर' को क्षेत्रमा छ । यहाँ टेक्टॉनिक प्लेटहरूको गतिविधिका कारण भूकम्प गइरहन्छ । २०२१ को जनवरीमा सुलावेसीमा ६.२ तीब्रताको भूकम्पमा सयभन्दा बढीको ज्यान गएको थियो । हजारौँ नागरिक विस्थापित भए ।

२०१८ मा सुलावेसीको पालूमा ७.५ तीब्रताको  भूकम्प पछिको सुनामीमा २ हजार २ सयभन्दा बढीको मृत्यु भएको थियो । 
सन २००४ मा आचे प्रांतमा ९.१ तीब्रताको  भूइँचालो पछिको  सुनामीमा इंडोनेशियामा १ लाख ७० हजारको मृत्यु भएको थियो ।