विराटनगर– फरार रहेका हत्याका आरोपी दोलखा मेलुङ–६ का २९ वर्षीय विराट ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–४ धोबीखोला करिडोरस्थित धनन्तरी मार्गमा मंगलबार राति काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने ५० वर्षीय अडविर राईलाई लेनदेनको विषयमा ढुंगा प्रहरी गरी हत्या गरिएको थियो । ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका–६ घर भएका राईको हत्यामा ठकुरी संलग्न रहेको प्रत्यक्षदर्शीले बताएका थिए ।

घटना लगतै फरार उनलाई काठमाडौँ प्रहरीको टोलीले शुक्रबार भक्तपुर सल्लाघारीबाट पक्राउ गरेको हो । उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिइ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।