विराटनगर- काठमाडौँको थापाथली चोकबाट नर्भिक अस्पताल जाने मार्गमा मंगलबार बिहान मेलम्चीको पाइप फुटेको छ ।
पाइपलाइनबाट ठूलो दबाबका साथ पानी बाहिर निस्किँदा सडक भत्किएको छ । दैनिक जनजीवन मा पनि असर परेको छ ।
सडकपेटीमा क्षति पुगेको छ । सडकभरि हिलो, बालुवा र गिट्टीको थुप्रो छ । पाइपलाइन फुट्नुको कारण भने खुलेको छैन ।
पानीको प्रवाह धेरै भएकाले पाइप फुटेको हुन सक्ने अनुमान गरिएको छ। यस अगाडि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी आएको थियो।