विराटनगर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको दुग्धजन्य पदार्थ र काठ उत्पादनहरूमा पारस्परिक कर लगाउने चेतावनी दिएका छन् ।
ट्रम्पले ओभल अफिसको सम्बोधनमा उक्त टिप्पणी गरेका हुन् । क्यानाडाले काठ र दुग्धजन्य पदार्थहरूमा वर्षौँदेखि २५० प्रतिशत कर लगाएर अमेरिकालाई ठगेको उनको आरोप छ ।
फेब्रुअरी १ मा ट्रम्पले मेक्सिको र क्यानाडाबाट आयात गरिएका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यो आदेशमा क्यानाडाली ऊर्जा उत्पादनहरूमा १० प्रतिशत कर वृद्धि गरिएको थियो ।
फेब्रुअरी ३ मा ट्रम्पले दुवै देशहरूमा कर लागु गर्न ३० दिनको ढिलाइ र वार्ता जारी राख्ने घोषणा गरे । यस निर्णयअनुसार सम्बन्धित कर उपायहरू मार्च ४ मा लागु भएका छन् ।