विराटनगर-  अमेरिकाले आफ्ना  नागरिलाई भारत-पाकिस्तान नियन्त्रण सीमा क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ ‌।

अमेरिकाद्वारा जारी एडबाइजरीमा पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा पनि निषेध गरिएको छ। उक्त क्षेत्रहरूमा आतंकवाद र सशस्त्र द्वन्द्वको सम्भावना रहेको एडवाइजरीमा भनिएको छ ‌।

एडवाइजरीले भन्छ, 'पाकिस्तानमा अतिवादी समूहहरूले आक्रमण गरिरहेका छन्। बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमणहरू भइरहेका छन्। पूर्व संघीय प्रशासित आदिवासी क्षेत्रहरूमा आक्रमण भइरहेको छ।'

आतंककारीहरूले यातायात केन्द्र, बजार, सपिङ मल, सैन्य प्रतिष्ठान, विमानस्थल, विश्वविद्यालय, पर्यटकीय स्थल, विद्यालय, अस्पताल, धार्मिक स्थलमा चेतावनी बिना नै आक्रमण गरिरहेको जनाइएको छ । विगतमा उनीहरूले अमेरिकी कूटनीतिज्ञ र दूतावासलाई लक्षित गरी आक्रमण गरिएको एडभाइजरीमा उल्लेख छ।