विराटनगर– दाङको घोराही-१० नारायणपुर सुर्योदय टोलका २२ वर्षीय सन्तोष डाँगीलाई शुक्रबार बिहान नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ‌।

डाँगीबाट ट्रामाडोल ४ सय ३४ ट्याब्लेट, नगद ४८ हजार १ सय ५० रूपैयाँ र  ४ मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ‌।

इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारे पछि  पक्राउ गरेको हो । भारतमा समेत प्रतिबन्धित उक्त औषधीको कारोबारमा डाँगीको संलग्नता बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।