विराटनगर– विराटनगरस्थित खोटाङ सामाजिक सेवा मञ्चलेसाहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई सम्मान गरेको छ । पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा, साहित्यका क्षेत्रमा अनवरत रुपमा कलम चलाउँदै आएकी भण्डारीलाई मञ्चले सम्मान गरेको हो । 

कार्यक्रममा उनलाई साहित्यकार बलराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, साहित्यकार प्राध्यापक कविराज न्यौपाने, भूषण ढुंगेललगायतले दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए । 

कार्यक्रममा साहित्यकारहरु टिका आत्रेय तथा इनरुवा निवासी कृपाकरुणा पोखरेल दुई जना कविहरुले कविता वाचन गरेका थिए । यस्तै, बाबुराम पोखरेल, यल.पि. पराजुली, केसु विरही, नवराज नवशिला, उमेश लुइटेल, प्रयाग न्यौपाने, शम्भुप्रसाद भट्टराई, लक्ष्मी स्मृति, शान्ता पैडेल, जयन्त प्रधानाङ्ग, भरत वर्वरिक, मञ्जु घिमिरे दाहाल, सुजाता राई, स्वयम्भुनाथ कार्की लगायत चार दर्जन साहित्यकारहरुले आआफ्ना रचना वाचन गरेका थिए । 

कार्यक्रममा साहित्यकार भूषण ढुङ्गेल, कविराज न्यौपानेसमेतले शुभकामना व्यक्त गरेका थिए । खोटाङ सामाजिक सेवा मञ्चले गतविगतदेखि नै अग्रज साहित्यकारहरुलाई सम्मान गर्दै आएको छ ।