विराटनगर – प्रहरीले विभिन्न स्थानबाट ११ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ।
बाँकेको खजुरा गाउँपालिका-६, सिमलघारीबाट हिम्मत बहादुर धामी ब्राउनसुगर जस्तो देखिने १०० मिलिग्राम पदार्थसहित पक्राउ परेका छन्। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानीबाट १०.७ किलो गाँजासहित अनिल तामाङ र अशोक बल पक्राउ परेका छन्।
त्यसैगरी, हेटौंडाको रातोमाटेबाट ५७.२९ ग्राम खैरो हेरोइनसहित चितवनका कुम बहादुर आले र दिपक परियार पक्राउ परेका छन्। मोरङ, विराटनगर-१५, एक नम्बर ढाँटबाट क्रमशः २.५३ ग्राम र ११.४ ग्राम खैरो हेरोइनसहित उत्तम याख्खा, मातृका सुवेदी, र सुजन खड्का पक्राउ परेका छन्।
कैलालीको धनगढी गेटा एयरपोर्टबाट ६.७ ग्राम चरेशसहित भवन नाथ पक्राउ परेका छन्। नवलपरासी पश्चिम, सुनवलबाट ३५० क्याप्सुल स्पास्मोसहित सुग्रिम भर कुर्मी र छन्नु यादव पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।