काठमाडौं, चन्द्रागिरी – २३ वर्षीय अभय तामाङको हत्या घटनामा संलग्न १६ जना पक्राउ गरिएको छ । प्रहरीका अनुसार २१ वर्षीय आशिष श्रेष्ठसहितका व्यक्तिहरूले पुरानो रिसका कारण हत्यामा संलग्न भएका थिए ।
घटना काठमाडौं– १४ को खड्कागाउँमा भएको थियो । दुई समूहबीचको झगडा बढ्दा तामाङलाई धारिलो हतियार र फलामको रडले प्रहार गरियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले १६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
फरार हत्यारा पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार कागेश्वरी नगरपालिका–६ मुलपानी पाटिटारका ५७ वर्षीय हिमाल बुढामगरलाई पक्राउ गरेको छ ।
बुढामगरले भक्तपुरमा ६५ वर्षीय ओम प्रकाश राईको हत्या गरेर फरार भएका थिए । प्रहरीको विशेष टोलीले उनलाई मुलपानी एरियाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि थिमी प्रहरी वृत्त पठाएको छ ।