विराटनगर– नेकपा एमालेले पालिकास्तरीय जनजागरण सभा अभियान चलाइरहेको छ । एमालेले पार्टीलाई मजबुत बनाउन मुलुकभरिका पालिकाहरुमा जागरण अभियान चलाइरहेको हो ।
नेकपा एमाले केराबारी गाउँ कमिटीले शनिबार पालिकास्तरीय जनजागरण सभा आयोजना गर्दैछ। केराबारीको मचिन्द्र चोकमा उक्त खुल्ला सभा आयोजना हुने एमालेबाट निर्वाचित प्रदेश सांसद खडग बहादुर बस्नेतले बताए । सभामा कोशी प्रदेश इन्चार्ज शेरधन राई, सन्तोष बान्तावालगायतका प्रदेश तथा जिल्लास्तरका नेताहरुको उपस्थिति रहने उनले बताए