विराटनगर– उदयपुरको बेलका नगरपालिका–६ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बेलका–६ स्थित मुर्ती खोला किनारमा ३९ वटा बोराभित्र प्लाष्टिकमा बेरी लुकाएर राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा वेवारीसे अवस्थामा बरामद गरेको हो । 

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको गस्ती टोलीले वेवारीसे अवस्थामा उक्त गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखेको र उक्त गाँजा ओसार पसारमा संलग्न व्यक्तिको खोजी कार्यका साथै थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।